बैंकिङ सेवामा कटौति, ५० हजार भन्दा माथि मात्रै डिपोजिट लिने – Nepal Press

बैंकिङ सेवामा कटौति, ५० हजार भन्दा माथि मात्रै डिपोजिट लिने

काठमाडौं ।कोभिड-१९ को दोस्रो लहर संगै मुलुकमा बढ्दै गइरहेको भन्दै बाणिज्य बैंकहरुले दिइने सेवा घटाउनका थालेका छन् ।

बैंकको शाखामा अनावश्यकरुपमा भिडाभाड नगर्न आग्रह गर्दै नेपाल बैंकर्स संघले निषेधाज्ञाभरी ५ प्रकारका बैंकिङ सुविधा मात्रै दिने जनाएको छ ।

बैंकिङ सेवामा कटौति गरेपनि नेपाल राष्ट्र बैंकले निर्देशन बमोजिम बैंक शाखाहरु सञ्चालनमा रहने बैंकर्स संघले जनाएको छ ।

संघको निर्णयनुसार बाणिज्य बैकहरुले ५० हजार भन्दा माथिको रकम मात्रै डिपोजिट लिने भएका छन् । निषेधाज्ञा अवधिभर बाणिज्य बैंकहरुले नगद झिक्ने, ५० हजार भन्दा माथिको नगद जम्मा गर्ने, रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सम्वन्धि कारोबार गर्ने भएका छन्।

संघले सेवाग्राहीलाई डिजिटल बैंकिङ सेवाको अधिकतम उपयोग गर्न तथा यसको प्रयोगमा कुनै समस्या भएमा सम्बन्धित बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *