‘राजनीतिक अस्थिरताको सर्जक दल र नेतामात्र कि प्रायोजित विचारको सामाजिक आराजकता ?’ – Nepal Press

‘राजनीतिक अस्थिरताको सर्जक दल र नेतामात्र कि प्रायोजित विचारको सामाजिक आराजकता ?’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्व र त्यसका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको सम्भावनाबारे बहस र छलफल गर्न अपील गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अस्थिरताको कारक नेपालका राजनीतिक दल र तिनका नेता मात्र हुन् कि विदेशी लगानीबाट अनुसन्धानका नाममा प्रायोजित विचारद्वारा सिर्जित सामाजिक अराजकता भन्दै प्रश्न गरेका छन् ।

‘छयालिसको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढी प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरू मात्र हुन् कि विदेशी लगानीमा गरिएका कथित अनुसन्धानवाट प्रवाह गरिएका प्रायोजित विचारले सिर्जित सामाजिक अराजकता पनि हो ?’, पोखरेलको प्रश्न छ ।

‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ भने त्यो कसरी सम्भव हुन्छ ? आउनुहोस् छलफल गरौं’, उनको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर