मस्को आक्रमणमा अमेरिकी हात छ: रुस – Nepal Press

मस्को आक्रमणमा अमेरिकी हात छ: रुस

काठमाडौ । रूसको राजधानी मस्कोको राष्ट्रपति भ्यादिमिर पुटिन आवास क्षेत्रमा भएको युक्रेन ड्रोन हमलामा अमेरिकी हात भएको रुसले दाबी गरेको छ ।

मंगलबार राति दुई ड्रोन पुटिन आवास क्षेत्रमा प्रहार गरिएको तर एलेक्ट्रोनिक हतियार प्रयोग गरेर ड्रोन ध्वस्त गरिएको रुसले बताएको छ ।

युक्रेनले भने मस्कोमा कुनै हमला नगरेको दाबी गरेको छ। रुसि राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्को हमलाको सबै काममा अमेरिकी हात भएको आरोप लाएका छन् ।

रुसी विश्व मिडिया आरटीका अनुसार प्रबक्ता पेस्कोभले बिहिवार यस्तो आरोप लाएका हुन् ।

युक्रेनले आक्रमणको जिम्मेवार नलिएको कुरामा प्रबक्ता पेस्कोभले त्यो हास्यास्पद भएको भन्दै भने, ‘ हामी जानकार छौं कि यो सबै आक्रमणको योजना वासिङ्टनमा नभएर किभमा भएको हो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *