पदबहाली गर्दै खेलकुदमन्त्री लिम्बूले भने- खेल क्षेत्रको अभाव पूरा गर्न अध्ययन थाल्छु (भिडिओ) – Nepal Press

पदबहाली गर्दै खेलकुदमन्त्री लिम्बूले भने- खेल क्षेत्रको अभाव पूरा गर्न अध्ययन थाल्छु (भिडिओ)

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएको अभावलाई पूरा गर्नका लागि अध्ययन अघि बढाउने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री लिम्बूले सबै पक्षसँग खेल क्षेत्रको अभाव र समस्याका बारेमा छलफल र अध्ययन गरी यसलाई समाधान गर्दै देशको नाम आउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।
उनले सबैको सल्लाह र सुझावका आधारमा काम गर्ने प्रयास हुने धारणा राखे । मन्त्रालयबाट आवश्यक कानून बनाएर यस क्षेत्रलाई पूर्ण बनाउनका लागि ध्यान केन्द्रित गर्ने उनको भनाई थियो ।

‘खेल क्षेत्रको साधन स्रोत र खेलाडीको सेवा सुविधालाई सम्मानजनक अवस्थामा पुर्‍याएर यस क्षेत्रलाई अघि बढाउन सकारात्मक प्रयास गर्छु’, नवनियुक्त मन्त्री लिम्बूले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर