यसपालिको मनसुनमा कुन क्षेत्रमा कस्तो छ वर्षाको सम्भावना ? (भिडिओ) – Nepal Press

यसपालिको मनसुनमा कुन क्षेत्रमा कस्तो छ वर्षाको सम्भावना ? (भिडिओ)

देशभर तापक्रम बढ्ने र कम पानी पर्ने

काठमाडौं । जल तथा मासम विज्ञान विभागले आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको आंकलन गरेको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विभागले यस्तो आंकलन गरेको हो । आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको बताएको छ ।

भिडिओ

कोशी प्रदेशका मध्य भाग तथा उत्तरपूर्वी भूभाग, वागमती प्रदेशका दक्षिण पूर्वी भूभाग र मधेश प्रदेशका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेको जनाएको छ ।

विभागका अनुसार अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको भने न्युनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले धेरैजसो भूभागमा न्युनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताए ।

उनले सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भूभाग, गण्डकी र वागमती प्रदेशका उत्तरी भूभाग, लुीम्बनी प्रदेशको पूर्वी तथा पश्चिमी भूभाग र मधेस प्रदेशका पूर्वी भूभागमा सरदर हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको बताए ।

यस वर्ष मनसुन सिजन जेठ १८ देखि असोज १३ गतेसम्म तोकिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *