प्रधानमन्त्रीलाई भेटेपछि ओलीले भने- चेक जसले काटेको हो उसैसँग छ, सांसदलाई बाटोमै समाउनु रहस्यमय (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीलाई भेटेपछि ओलीले भने- चेक जसले काटेको हो उसैसँग छ, सांसदलाई बाटोमै समाउनु रहस्यमय (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले यस्तो बताएका हुन् ।

उनले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरे ।  निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने ओलीको भनाई थियो ।

निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने उनले चेतावनीसमेत दिए ।

रायमाझीबारे उनले भने, ‘यो तानिएको हो कि तनाइएको हो अध्ययन गर्दैछौं ।’

ओलीले थपे , ‘चार वर्षअगाडि चेक काटेको छ । त्यो पनि उसैसँग रहेको कुरा छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’

पक्राउ पुर्जीपछि आफूले पनि फोन गरेर कुरा गरेको बताउँदै रायमाझी काठमाडौं आउँदै गरेको उनले जनाए । उनले त्यसबारे प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर