अमेरिकी डलरको भाउ घट्दा युरोको भने उकालो – Nepal Press

अमेरिकी डलरको भाउ घट्दा युरोको भने उकालो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

अमेरिकी डलरको भाउ बुधवार १० पैसाले घटेको छ । अघिल्लो दिन अर्थात् बुधवार डलर ९ पैसाले बढेको थियो । बिहीबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६२ पैसा र बिक्रीदर १३१ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसअघि बुधवार यसको खरिद मूल्य १३० रुपैयाँ ७२ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोपियन युरो ७० पैसाले बढेको छ । बुधवार भने ४१ पैसाले युरोको भाउ घटेको थियो । बिहीबार युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। बुधवार युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ४० पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ६ पैसा कायम गरिएको थियो।

बिहीबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ १० पैसा तोकिएको छ।

त्यसैगरी, बिहीबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९६ रुपैयाँ २९ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

यता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

उता, कुवेती दिनार एकको खरिदमा बिहीबार ४२६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३८ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २ पैसा तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *