पक्राउ पूर्जी जारी हुँदा प्रहरी सुरक्षामै रहेका टोपबहादुर, भाषण छोट्टाएर हिँडे काठमाडौं – Nepal Press

पक्राउ पूर्जी जारी हुँदा प्रहरी सुरक्षामै रहेका टोपबहादुर, भाषण छोट्टाएर हिँडे काठमाडौं

रुपन्देही । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहलाई सघाएको आरोपमा प्रहरीले खोजी सुरु गरेका पूर्व उपप्रधानमन्त्री तथा अर्घाखाँचीबाट संघीय सांसद बनेका टोपबहादुर रायमाझी सभामुख देवराज घिमिरेसहित प्रहरी सुरक्षामा भाषण गरिरहेका थिए ।

उनकै निर्वाचन क्षेत्र अर्घाखाँचीको बल्कोटस्थित महेन्द्र बिद्याबोध माभ्यमिक बिधालयको हिरक महोत्सव उद्घाटन समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित रायमाझी प्रहरी सुरक्षामै रहेका थिए ।

स्थानीयले उहीँ प्रहरीले पक्राउ पूर्जी जारी गर्ने र उही प्रहरीले सुरक्षा दिएर राख्ने भन्दै कानेखुसी गरिरहेका थिए ।

प्रहरीले रायमाझीका बाबुछोरालाई पक्राउका लागि खोजी सुरू गरेको समाचार सार्वजनिक भएपनि जिल्ला प्रहरी कार्यालयले आफूहरुलाई कुनै आधिकारिक निर्देशन नआएकोले पक्राउ नगर्ने जनायो ।

सो कार्यक्रममा प्रमुख अतिथि सभामुख देबराज घिमिरे र विशेष अतिथि टोपबहादुर रायमाझी तथा पूर्वउपसभामुख तथा रायमाझीसँगै प्रतिस्पर्धा गरेकी पुष्पा भुसाल मन्चमा रहेका थिए । प्रहरीको पक्राउ पूर्जी जारी भएको सूचना सञ्चारमाध्यमबाट थाहा पाएका रायमाझीले सधैजसो लामो मन्तव्य भने सभामा गरेनन् ।

मनिल अनुहारमा रहेका उनले सधैजसो समग्र जिल्लाको विकास, राजनीतिक अवस्थाका विषयमा लामो भाषण गर्र्ने गरेपनि आज करिब ५ मिनेट शिक्षा र स्थानीय क्षेत्रको विकासमा बोलेर आफ्नो मन्तव्य टुंगाएका थिए । कार्यक्रम सकेर उनी आजै काठमाण्डौ लागेका छन् ।

सभामा उनले यो विषयमा कुनै प्रतिक्रिया जनाएनन् र कार्यक्रम सकेर पनि कसैसँग नबोली सिधै हिँडेका थिए । जिल्लाबाट बार्यक्रम सकेर सभामुख घिमिरे र सांसद रायमाझी अलग अलग गाडीमा हिंडेको प्रमुख जिल्ला अधिकारी मिना अर्यालले जानकारी दिइन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *