९.१८ अंकले घटेको बजारमा कारोबार रकम ६२ करोडमात्रै – Nepal Press

९.१८ अंकले घटेको बजारमा कारोबार रकम ६२ करोडमात्रै

काठमाडौं । साताको चौथो दिन नेप्से झिनो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ विन्दुमा कायम भएको छ ।

अघिल्लो दिन ४.२६ अंले घटेको बजारमा आज २१ लाख ५५ हजार ५८६ कित्ता शेयरको खरिदबिक्री भएको छ । जसमा ६२ करोड दुई लाख ६६ हजार १६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज कारोबार रकम ह्वात्तै घटेको छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, शितगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनिलिभर नेपाल लिमिटेड रहेका छन् ।

सर्वाधिक घाटामा एनआईबीएल ग्रोथ फण्ड, सनराइज ब्लुचिप फण्ड, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ र सानजेन जलविद्युत कम्पनी रहेका छन् ।

त्यसैगरी उपसमूहतर्फ दुई समूहबाहेक ११ समूहको शेयर मूल्य घटेको छ । बुधबार बजार पूँजीकरण २७ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *