सरकारले नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख दिने (भिडिओ) – Nepal Press

सरकारले नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख दिने (भिडिओ)

काठमाडौं । सरकारले एसीसी कप क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

यस्तै, क्रिकेट टीमका अन्य अफिसियललाई जनही तीन लाख दिने निर्णय भएको बताइन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने निर्णय भएको समेत बताइन् ।

प्रतिक्रिया

One thought on “सरकारले नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख दिने (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर