डाटा हराएपछि लोक सेवाले पुन: माग्यो आवेदन, के-के छन् शर्त ? – Nepal Press

डाटा हराएपछि लोक सेवाले पुन: माग्यो आवेदन, के-के छन् शर्त ?

काठमाडौं । लोक सेवा आयोगले पुनः दरखास्त मागेको छ । आयोगको अनलाइन दरखास्त प्रणाली होष्ट गरिएको सरकारी एकीकृत डाटा हराएपछि प्रक्रिया अघि बढ्न सकेको थिएन ।

२०७९ मंसिरमा प्रकाशित शाखा अधिकृत, पुसमा प्रकाशित नायब सुब्बा तथा माघमा प्रकाशित नायब सुब्बा प्राविधिकलगायतको पदमा पुन: दरखास्त मागिएको हो । पहिले दस्तुर बुझाएर दरखास्त स्वीकृत भएका तथा दरखास्त स्वीकृत हुन बाँकी उम्मेदवारका लागि मात्र पुन: दरखास्त दिन पाउने प्रावधान राखिएको छ । त्यसका लागि आगामी जेठ १८ सम्मको समय दिइएको छ ।

आयोगले डाटा रिकभरीको कार्य भइरहेपनि कहिलेसम्म हुने र के कति डाटा रिकभर हुने यकिन गर्न नसकिएको बताएको छ । पूर्वप्रकाशित विज्ञापनलाई यथास्थितिमा राखिरहँदा जेठदेखि सञ्चालन हुने गरी तोकिएका परीक्षा प्रभावित हुने भन्दै लोकसेवाले पुन विज्ञापन गरेको जनाएको छ ।

विज्ञापन तथा अपनाउनुपर्ने विधिबारे विस्तृत हेर्न यो लिंकमा जानुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *