चितवनका कांग्रेस नेता कँडेल आफ्नै उद्योगको कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला – Nepal Press

चितवनका कांग्रेस नेता कँडेल आफ्नै उद्योगको कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष एवम् व्यवसायी शंकर कँडेल नारायणगढ बेलचोकस्थित आफ्नै व्यवसायिक अफिसमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले पुष्टि गरेका छन् ।

अनमोल फिड्स उद्याेग आर्थिक समस्याका कारण बेचेकाे र बैंकले कालो सूचीमा राखेको लगायतका समस्या पनि भएकाे बताइएकाे छ ।

उनी नेपाली काँग्रेस वर्तमान महासमिति सदस्य पनि हुन् । कँडेल चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा परिचित थिए ।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर