‘ए साथी सुन’को लिरिकल गीत सार्वजनिक – Nepal Press

‘ए साथी सुन’को लिरिकल गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ए साथी सुन’को लिरिकल गीत सार्वजनिक भएको छ ।

स्याड भर्सनमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार वर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँको केही चल अचल दृश्यहरु समावेश गरिएको छ । ‘मनले भन्छ’ बोलको गीतमा हर्क साउदको शब्द रचना तथा उज्ज्वल सागरको संगीत र स्वर सुन्न सकिन्छ ।

लभस्टोरी, थ्रिलर र कमेडी जानराको सिनेमामा वर्षा र रमेशसँगैआयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायतको अभिनय छ । कृष्मा खड्का र इभान सञ्जेल बाल कलाकारको भूमिका छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम सिनेमासमेत हो ।

रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई वीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सहनिर्मातामा सुदीप पौडेल छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *