आज यस्तो छ सुनचाँदीको कारोबार – Nepal Press

आज यस्तो छ सुनचाँदीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मङ्गलवार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सय रुपैयाँले घटेर १ लाख आठ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै १ लाख आठ हजार पाँच सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज १ लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी घटेर तोलामा १ हजार चार सय पाँच रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *