राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लुम्बिनी प्रदेश पहिलो – Nepal Press

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लुम्बिनी प्रदेश पहिलो

रुपन्देही । लुम्बिनी प्रदेश १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको विजेता बनेको छ । प्रतियोगितामा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी थिए ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधि हात पारेको बताए ।

बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १३ कांस्य पदकसहित दोस्रो तथा ७ स्वर्ण, ५ रजत र ११ कांस्य पदक जित्दै कोशी प्रदेश तेस्रो भएका छन् ।यसअघि ११औं संस्करणमा २० स्वर्ण तथा १२ औं संस्करणमा १६ स्वर्ण जित्दै लुम्बिनी विजेता बनेको थियो ।

युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा आयोजना गरेको तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।

सुदूरपश्चिम प्रदेश ६ स्वर्ण, ११ रजत र १८ कांस्यसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ३ रजत र १० कांस्यसहित पाँचौं तथा गण्डकी प्रदेश ३ स्वर्ण, ६ रजत र ५ कांस्यसहित छैटौं स्थानमा रहंदा मधेश प्रदेश स्वर्ण पदकविहीन बन्दै अन्तिम स्थानमा रह्यो । मधेश प्रदेशले २ रजत र ६ कांस्य हात पारेको छ ।

विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारी लगायतले मेडल, प्रमाण पत्र सहित पुरस्कृत गरेका थिए ।

एथलेटिक्सतर्फ छात्ररछात्रामा समान १३(१३, भलिबल र कबड्डीतर्फ छात्ररछात्रामा समान १(१, कराँतेतर्फ छात्र(छात्रामा समान ४(४ तथा उसु र तेक्वान्दोतर्फ छात्र(छात्रामा समान ३(३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

व्यक्तिगत, समूहगत र शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिएको थियो । कुल पुरस्कार राशी ८ लाख ८५ हजार रुपैयाँ वितरण गरिएको राखेपले जनाएको छ । जुनियर राष्ट्रिय कीर्तिमानका लागि छुट्टै १५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर