धनुषामा टिपरको ठक्करबाट स्कूले बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर (भिडिओ) – Nepal Press

धनुषामा टिपरको ठक्करबाट स्कूले बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर (भिडिओ)

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरमा टिपरको ठक्करबाट एक बच्चाको मृत्यु र एक घाइते भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा तोडफोड र आगजनी गर्न खोज्दा प्रहरीले हवाई फायर गरेका छन् । स्थानीयले टिपरमा लगाएको आगो प्रहरीले नियन्त्रणमा लिएको छ । यद्पी टिपरको टायर र केहि भाग जलेको छ ।

ढुंगामुढाबाट टिपरको सिसा समेत फुटेको छ । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।

प्रदेश २-०३-००१ क १६२१ नम्वरको टिपरको ठक्करबाट सबैला नगरपालिका १२ सिर्खाटोलका ७ वर्षिय बालक रिया यादवकोे घटनास्थलमै मृत्यु भएको हो । ठक्करबाट सोही ठाउँकी राधी कुमारी घाइते भएकी छन् । उनलाई उपचारका लागि जनकपुरतर्फ लगिएको छ ।

मृतक बालक र घाइते बालिका स्कूल पढेर घरतर्फ जाने क्रममा टिपरले ठक्कर दिएको बताइएको छ । दुर्घटनापछि टिपरका चालक फरार भएका छन् ।

स्थानीयले प्रहरी प्रशासन र टिपर आतंक विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *