जनयुद्धमा जाऔं भनेको छैन, उपलब्धि रक्षाका लागि सडकबाटै गर्जिएपनि स्यालहरु लखेटिन्छन् : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

जनयुद्धमा जाऔं भनेको छैन, उपलब्धि रक्षाका लागि सडकबाटै गर्जिएपनि स्यालहरु लखेटिन्छन् : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आत्मसमीक्षा गर्न आवश्यक भएको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै झण्डै सत्तारी बर्ष लगाएर नेपाली जनताले जनयुद्ध र जनआन्दोलनको श्रृखलाबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने षड्यन्त्र प्रतिगमनको कोणबाट भइरहेको बताए ।

उनले भने, ‘अहिलेको उपलब्धि रक्षाको लागि मैले अहिले जनयुद्ध भनेको छैन। भूमिगत जाने भनेको छैन। तपाईंहामी सडकबाटै गर्जियौं भनेपनि स्यालहरु लखेटिन सक्छन् ।’

अहिलेको उपलब्धिमाथिको प्रहारलाई धुलो चटाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘फेरि एकपटक हामीले त्याग, तपस्या र संघर्षको नयाँ किर्तिमान कायम गर्न तत्पर छौं । तर, यो हामीविरुद्धको स्यालहुँइया सहन तत्पर छैनौँ भन्ने हामीले घोषणा गर्नुपर्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर