रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै – Nepal Press

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । उपनिर्वाचनबाट सभापति रवि लामिछाने पुनः निर्वाचित भएर आएपछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको दुवैको बैठक आज बस्न लागेको हो ।

बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ ।

निर्वाचित भएर आए पछि पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार लामिछानेले भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन कायमै राख्न अनुरोध गरेका थिए ।

आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने एजेन्डा रहेको बुझिएको छ । यसअघि संसदीय दलको नेता रहे पनि नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसला पछि सभापति लामिछानेको सांसद गुमेसँगै उनी स्वत: पदमुक्त भएका थिए ।

लामिछाने पदमुक्त भए पछि रास्ववाले पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । लामिछाने पुनः विजयी भएर आए पछि उनले शनिवार नै राजीनामा दिएका छन् । उक्त रिक्त पदमा आज लामिछाने पुन: चयन हुने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर