मधेसका मुख्यमन्त्री यादवको घोषणा- वैशाख १७ बाल विवाहविरुद्धको दिवस – Nepal Press

मधेसका मुख्यमन्त्री यादवको घोषणा- वैशाख १७ बाल विवाहविरुद्धको दिवस

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वैशाख १७ गतेलाई बाल विवाहविरुद्धको दिवस मनाउने घोषणा गरेका छन् ।

जनकपुरधाममा आइतबार सुरु भएको दुई दिवसीय मधेश बालिका सम्मेलन २०८० उद्घाटन गर्दै मुख्यमन्त्री यादवले बाल विवाहविरुद्धको दिवस हरेक वर्ष वैशाख १७ मा मनाउन प्रदेश सरकारले औपचारिक रुपमा निर्णय गर्ने प्रतिबद्धता जनाए ।

उनले सन् २०३० सम्म मधेश प्रदेशलाई बाल विवाह मुक्त बनाउन रणनीतिक योजना ल्याएको जानकारी दिए ।

उनले भने, ‘१० वर्षे रणनीतिक योजना र बाल सहभागिता कार्यविधि स्वीकृत भइसकेको छ । अब प्रदेशमा बाल विवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाइनेछ ।’

मुख्यमन्त्री यादवले प्रदेशका बालिकालाई सशक्त बनाउन ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालनमा रहेको तर सो अभियानबाट चाहेअनुरुप प्रतिफल प्राप्त हुन नसकेको स्वीकार गरे ।

लाइफ नेपाल नामक संस्थाको समन्वय तथा करिब दुई दर्जन संघसंस्थाको सहयोगमा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले मधेस बालिका सम्मेलन २०८० आयोजना गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर