मन्त्री भुसालकाे आरोप- कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो दिनुभएन (भिडिओ) – Nepal Press

मन्त्री भुसालकाे आरोप- कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो दिनुभएन (भिडिओ)

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुषालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको बताएका छन् ।

आइतबार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौती गरेको भन्दै असन्तुष्टि जनाए ।

उनले कृषि मन्त्रालयको बजेट कटौती नगर्न अर्थमन्त्री डा.प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेपनि अर्थतन्त्र संकटमा रहेको भन्दै आवश्यक चासो नदिएको आरोप लगाए ।

उनले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएपनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको बताए ।

उनले कृषि क्षेत्रको विकासका लागि सिंचाईको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने बताए ।

‘कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, हामी सबैलाई थाहा छ । कृषि क्षेत्र सबैतिर जोडिएको छ, सबैले भनिरहेका छौँ । तर त्यसमा लगानी गर्ने कुरामा सरकार कन्जुस छ । बजेट कृषिको पनि काटेको छ । कृषिको त नकाटम न भनेको के गर्नु खोई, यस्तै हो भन्नुभयो, अर्थमन्त्रीसँग कुरा गर्दा पनि त्यस्तै, प्रानमन्त्रीसँग कुरा गर्दा पनि खासै चासो दिनुभएन’, उनले भने, ‘कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्नेमा कसैको पनि त्यत्ति धेरै चासो देखिँदैन । पहिलो कुरा सिंचाईको व्यवस्था गर्नुपर्नेछ, दोस्रो बाँझो जमिनको उपयोग गर्नुपर्नेछ । १० लाख ३० हजार हेक्क्टर जमिन बाँझो छ । त्यसलाई कसरी उपयोग गर्ने भन्ने सोच्न जरुरी छ । सरकार कुनै न कुनै हिसावले यो जमिन प्रयोृग गर्नुपर्ने भन्नेमा जान खोजिरहेको छ ।’

कृषिमन्त्री भुसालले बाँझो जमिनको प्रयोग गर्नसके उत्पादन बढाउन सकिने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर