गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान, मुख्यमन्त्रीले वैशाख २१ विश्वास मत लिँदै – Nepal Press

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान, मुख्यमन्त्रीले वैशाख २१ विश्वास मत लिँदै

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख २१ गतेका लागि आह्वान भएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा भवन नदीपुरमा वैशाख २१ गते दिउँसो २ बजे बैठक सुरू हुनेछ । सोही बैठकमा नवनियुुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् । मन्त्रालय भागबण्डा नटुगिंएपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम गत बिहीबार पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर