सरस्वतीनगर हत्याकाण्ड : पक्राउ परेका विनोदलाई काठमाडौं ल्याइँदै – Nepal Press

सरस्वतीनगर हत्याकाण्ड : पक्राउ परेका विनोदलाई काठमाडौं ल्याइँदै

काठमाडौं ।  सरस्वतीनगर हत्याकाण्डमा संलग्न रहेको आरोपमा झापामा पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याइने भएको छ ।

निरा पाण्डेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई आज काठमाडौं ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

विक राजधानीको एक क्लबमा बाउन्सरका रुपमा काम गर्दै आएका थिए ।

लुटपाटको लागि पाण्डेको हत्या गरिएका हुनसक्ने आशंका प्रहरीले जनाएको छ ।

हत्या भएकी महिलाको सिक्रि लगेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *