बाल अस्पताललाई कांग्रेस नेता मिनेन्द्र रिजालले गरे ५० लाख सहयोग (भिडिओ) – Nepal Press

बाल अस्पताललाई कांग्रेस नेता मिनेन्द्र रिजालले गरे ५० लाख सहयोग (भिडिओ)

मोरङ । झापाको दमकमा सञ्चालनमा आएको किओच बाल अस्पताललाई कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

आफ्ना माता पिताको स्मृतिमा स्थापना गरेको पुन्य श्री फाउण्डेशन मार्फत प्रदान गरेको सो रकम बराबरको चेक डा. रिजालले रतुवामाई नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरे ।

पूर्वमन्त्री डा. रिजालले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहेका काठमाडौं इन्स्टीच्यूट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालालाई सो चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै मोरङ २ का पूर्व सांसद डा. रिजालले बालबालिकाहरूको स्वास्थ्य सेवालाई मध्यनजर गरेर सञ्चालनमा आएको दमकस्थित सो बाल अस्पतालको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *