सरकारविरुद्ध पोखरामा अनेरास्ववियुले शुक्रबार साँझ निकाल्यो राँके जुलुस – Nepal Press

सरकारविरुद्ध पोखरामा अनेरास्ववियुले शुक्रबार साँझ निकाल्यो राँके जुलुस

पोखरा । सरकारले सशस्त्र द्वन्द्वकालका माओवादी अयोग्य लडाकुलाई राहत वितरण गर्न लागेको विरोधमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरामा प्रदर्शन गरेको छ ।

अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले क्याम्पस गेटअघि शुक्रबार साँझ सरकारविरुद्ध नाराबाजी गर्दै राँके जुलुस निकालेका हो । विद्यार्थीहरूले ‘नालायक सरकार मुर्दावाद’, ‘निर्णय तत्काल फिर्ता लिई’लगायत नारा लगाएका थिए ।

देशले आर्थिक संकट झेल्नुपर्ने अवस्था आइरहेकाबेला यसरी राज्य कोष दोहन गर्न दिनु हुँदैन भन्ने मान्यतासहित आफूहरु विरोधमा उत्रिएको अनेरास्ववियु पीएन क्याम्पस कमिटी अध्यक्ष विष्णु पोखरेलले बताए । उनले संसदमा पार्टीले पनि विरोध गरिसकेको र सडकमा आफूहरु उत्रिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर