नेपाल प्रहरीका १८ एसपीलाई एसएसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा विश्व अधिकारी – Nepal Press

नेपाल प्रहरीका १८ एसपीलाई एसएसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा विश्व अधिकारी

काठमाडौं । नेपाल प्रहरीका १८ जना एसपीलाई शुक्रबार साँझ एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले उनीहरुलाई सिफारिस गरेको हो । सूचीको पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भुपेन्द्र खत्री र तेस्रोमा सानुराम भट्टराई रहेका छन् ।

२०५६ सालमा प्रहरी निरिक्षकमा नाम निकालेकामध्येबाट बढु्वा सिफारिस भएको हो। बढुवा सिफारिसको सूची अनुसार चौथो नम्बरमा ओम अधिकारी, पाचौँमा शेखर खनाल, छैटौँमा अभि काफ्ले, सातौँमा सोमेन्द्रसिंह राठोर, आठौँमा मुकुन्द मरासिनी, नवौँमा दिप शमशेर जबरा, दशौँमा बेल पाण्डे, ११ औँमा दिनेश मैनाली, १२ औँमा गोपालचन्द्र भट्टराई, १३ औँमा प्रविण पोखरेल, १४ औँमा गंगा पन्त र १५ औँ नम्बरमा कृष्णबहादुर पल्लीमगर छन् । यस्तै विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन क्रमश १६ औँ, १७ औँ र १८ औँ नम्बरमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *