एभरेष्ट बैंकले एसएमएल इसुजु गाडीको मूल्यको ७० प्रतिशत सम्म कर्जा लगानी गर्ने – Nepal Press

एभरेष्ट बैंकले एसएमएल इसुजु गाडीको मूल्यको ७० प्रतिशत सम्म कर्जा लगानी गर्ने

काठमाडौं । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंक लिमिटेड बीच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बुधबार सम्झौता पत्रमा बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमार र भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार भेहिकलसले नेपालमा आयात गरेर बिक्री बितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा बैंकका सबै शाखा मार्फत गाडीको मुल्यको ७० प्रतिशत सम्म कर्जा लगानी गर्ने जनाइएको छ । साथै, कर्जा बढिमा ७ बर्ष सम्मको लागि, सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्शियलका बिजेनेश हेड सञ्जय खड्काले
ताएका छन् ।

सम्झौता पश्चात दुई संस्था बिचको ब्यापार बढाउन सहयोगी हुने र भबिष्यमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बिचार बैंकका डिपुटी जेनेरल मेनेजर गौरब कुमारले ब्यक्त गरेका छन् । भेहिकल्सका सबै शाखा कार्यालयहरु, डिलरहरुबाट बैंक सँग भएको सम्झौता अनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकलाई आवश्यक ऋण लिने प्रकृयामा सहजीकरण गरिने लक्ष्मी कमर्शियलका नेटवर्क हेड र्इश्वर दहालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *