घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रेस
२०८० वैशाख १५ गते ११:१९
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन बिहिबार १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
बिहिबार प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबि सुन आज प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै चाँदि घटेर तोलामा १ हजार ४ सय १० रुपैयाँका दरले कारोबार भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर