समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, करण केसी बेञ्चमा – Nepal Press

समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, करण केसी बेञ्चमा

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कतारविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलमा कतारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको हो  ।

कतारविरुद्धको खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । गुलसन झालाई प्लेइङ ११ मा राख्दै करण केसीलाई बिश्राम दिएको छ ।
जारी प्रतियोगितामा अपराजित रहेको नेपालले आजको खेलमा कतारलाई पराजित गर्दै समूह ए को विजेता बन्ने लक्ष्यमा छ ।

प्लेइङ ११ः
आसिफ शेख, कुशल भुर्तेत, रोहित पौडेल, भिम सार्की, कुशल मल्ल, गुलसन झा, आरिफ शेख, सोमपाल कामी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर