एसिसी प्रिमियर कप: आज नेपालले कतारसँग खेल्दै,समूह विजेता बन्ने लक्ष्य – Nepal Press

एसिसी प्रिमियर कप: आज नेपालले कतारसँग खेल्दै,समूह विजेता बन्ने लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ । समूह ए मा कतार यसअघिका चारै खेलमा जितविहिन छ ।

त्यसैले पनि तुलनात्मक रुपमा कम्जोर मानिएको कतारलाई जित्दै समूह विजेता बन्ने लक्ष्य नेपालको छ । एक खेल अगावै सेमिफाइनल पुगेको नेपालले आजको खेल जिते सेमिफाइनलमा समूह बी को उपविजेता टिमसँग खेल्नेछ ।

समूह बी मा पनि आज हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ । यदी, हङकङले कुवेतलाई हराए समूह विजेता बन्नेछ र नेपालले आज कतारलाई हराए समूह बी मा दोस्रो स्थानमा रहेको यूएईसँग खेल्नु पर्नेछ । वैशाख पाँच गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित १० राष्ट्रको सहभागिता रहेको थियो ।

हरेक पाँच राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो । दुवै समूह का शिर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने र फाइनलको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउने समिकरण छ । समूह ए बाट नेपाल र आमान साथै समूह बी बाट यूएई र हङकङ सेमिफाइनल पुगिसकेका छन् ।

भने, बाँकी ६ टिम बाहिरिएका छन् । आज हुने समूह चरणको अन्तिम खेलबाट सेमिफाइनल समिकरण पुरा हुने छ । जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा मलेसिया दोस्रोमा ओमानलाई पराजित गर्दा तेस्रो खेलमा साउदी अरबसँग अंक बाँडेको थियो । पानि परेका कारण टस पनि नभई खेल रोकिएपछि नेपाल र साउदीले अंक बाँडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर