इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित बनाइँदै – Nepal Press

इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

काठमाडौं । इन्टरनेट सेवा प्रदायकका बीच सहकार्य गर्न आवह्रान गरिएको छ । बुधबार काठमाडौंमा इन्टरनेट सेवा प्रदायकका बीच सहकार्य गर्न आह्रवानका लागि बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितको उपस्थितिमा विशेष भेला गरिएको हो ।

उक्त भेलाबाट कम्पनिहरूले नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनकाे लक्ष्यलाई आत्मसाथ गरी मापदण्ड अनुसार सेवा गुणस्तरमा सुधार गर्दै जाने उल्लेख गरिएको छ । त्यस्तै इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने निर्णय भएकाे छ  ।

निर्णयमा उल्लेखित बुँदाहरू कार्यान्वयन गर्नका लागि इन्टरनेट सेवा प्रदायकले आवश्यक कार्य गर्ने र गराउने जनाएको छ । साथै लक्ष्य प्राप्त गर्नका लागि सम्पूर्ण आवश्यक तयारी गर्ने, एसओपि निर्माण प्रक्रियागत सुधारका आवश्यक कार्यहरु गर्ने  निर्णय भएकाे छ ।

त्यसैगरी नेपाल दूरसंचार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकाय इन्टरनेट क्षेत्रलाई व्यवस्थित एवं गरिमामय बनाउनका लागि आवश्यक छलफल हातेमालो सहकार्य गर्दै जाने बुँदागत रूपमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *