सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरु फेल भएकाे उपचुनावकाे परिणामले पुष्टि : बास्तोला (भिडिओ) – Nepal Press

सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरु फेल भएकाे उपचुनावकाे परिणामले पुष्टि : बास्तोला (भिडिओ)

काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरु फेल भएको उपचुनावको परिणामले पुष्टि गरेको बताएका छन् ।

काठमाडौंमा प्रगतिशिल लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’को बुधबार विमोचन गर्दै बास्तोलाले अहिलेको संसदीय प्रणालीले अराजकता र निरंकुशता देखाएको र जनतामा बितृष्णा पैदा भएको बताएका हुन् ।

पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको उनको भनाइ थियो । संयोजक बास्तोलाले शक्ति केन्द्रहरु एमसीसी र एसपीपी लागू गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाए ।

लेखक थपलियाले चरम व्यक्तिवाद हावी भएर समाज र युवा पंक्तिलाई रछानमा पुर्‍याउन लागेको भन्दै आफूले इमानदार भएर त्यसविरुद्ध कलम चलाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर