तनहुँमा स्वणिमको निरन्तर अग्रता, अब ब्यास र बन्दीपुर नगरपालिकाको मात्रै गन्न बाँकी – Nepal Press

तनहुँमा स्वणिमको निरन्तर अग्रता, अब ब्यास र बन्दीपुर नगरपालिकाको मात्रै गन्न बाँकी

काठमाडौं । तनहुँ १ का रास्वपाका स्वणिम वाग्लेको अग्रता कायमै छ। पछिल्लो अपडेट अनुसार ३१ हजार २१९ मत गणना गर्दा वाग्लेले १५ हजार ९५८ मत ल्याएर लिड गरिरहेका छन्।

उनलाई कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० मत ल्याएर पछ्याइरहेका छन्। उनीहरुबीचको मतान्तर ६ हजार ८३८ रहेको छ।
यस्तै, एमालेका सर्वेन्द्र खनालले ५ हजार १६६ मत ल्याएर तेस्रो स्थानमा छन्।

अब बन्दीपुर नगरपालिका र ब्यास  गाउँपालिकाको मात्रै  मत गन्न बाँकी रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर