खेल सुरू नभएपछि छाता ओढेर पर्खिरहेका दर्शकसँग क्रिकेटरको सेल्फी (तस्बिरहरू) – Nepal Press

खेल सुरू नभएपछि छाता ओढेर पर्खिरहेका दर्शकसँग क्रिकेटरको सेल्फी (तस्बिरहरू)

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत मुलपानी क्रिकेट मैदानमा सोमबार नेपाल र साउदी अरबबीच हुने भनिएको खेल अझै सुरु हुन सकेको छैन ।

लगातारको वर्षाका कारण खेल अनिश्चित बनेको छ । यद्यपि दर्शकहरू छाता ओढेर खेल सुरू हुने प्रतीक्षा गरिरहेका छन् । उनीहरूले खेल मैदान छाडेका छैनन् ।

नेपाली खेलाडीहरू दर्शकको नजिक पुगेर सेल्फी लिइरहेका छन् । यसअघिका लगातार दुई खेल जितेको नेपाल सोमबारको खेल जितेर सेमिफाइनलमा स्थान बनाउने प्रयाशमा छ । तर, वर्षाका कारण खेल हुने सम्भावना न्यून देखिएको छ । खेल नभएको अवस्थामा दुवै टोलीले १/१ अंक बाँढ्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *