तनहुँमा करिब साढे १६ हजार भोट गनिसक्दा ५६ प्रतिशत स्वर्णिमलाई – Nepal Press

तनहुँमा करिब साढे १६ हजार भोट गनिसक्दा ५६ प्रतिशत स्वर्णिमलाई

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को जारी गणनाको अपडेट प्राप्त भएको छ । तनहुँ नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको ११ वडाको १६ हजार ३७२ मत गनिसक्दा रास्वपाका डा. स्वर्णिम वाग्लेले ९२०९ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म गणना गरिएको मतको स्वर्णिमले मात्र ५६ प्रतिशत भोट प्राप्त गरेका छन् ।

गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ४२१३ मत ल्याएर दोस्रो स्थानमा रहँदा एमालेका सर्वेन्द्र खनाल २४३० मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर