उपनिर्वाचन मतगणना : तीनवटै क्षेत्रको यस्तो छ अपडेट – Nepal Press

उपनिर्वाचन मतगणना : तीनवटै क्षेत्रको यस्तो छ अपडेट

काठमाडौं । आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत तीन क्षेत्रमा भएको मतदानको परिणामका लागि चासोका साथ सबैजना व्यग्र प्रतीक्षामा छन् ।

तर, अहिलेसम्म तनहुँ १ मा मात्र मतगणना भइरहेको छ । ६ वटा वडाको ९२४६ भोट गनिसक्दा यहाँ रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले अगाडि छन् ।

वाग्लेले ५०९१ मत प्राप्त गर्दा गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराई २३५१ र एमालेका सर्वेन्द्र खनाल १५४९ मतका साथ क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।

बारा २ मा भने बिहान ७ बजे सर्वदलीय बैठक डाकिएको छ । गएराति नै बैठक बस्ने तय भएकोमा हावाहुरीका कारण बैठक बस्न सकेन । अहिले बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बैठकमा सर्वदलीय सहमति जुटाएर बिहान ९/१० बजेबाट गणना थाल्ने आयोगको तयारी छ ।

चितवन २ मा पनि गणना सुरू भएकै छैन । गएराति नै बैठक बस्न खोजिएकोमा कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन अडान राखेको थियो ।

यहाँ कांग्रेसले रास्वपा उम्मेदवार रवि लामिछाने र चितवनका सीडीओविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी दिएको छ ।

बिहान ८ बजे सहमतिका लागि सर्वदलीय बैठक बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर