बारा २ उपनिर्वाचन: मंसिर ४ भन्दा २.५६ प्रतिशत कम खस्यो मत – Nepal Press

बारा २ उपनिर्वाचन: मंसिर ४ भन्दा २.५६ प्रतिशत कम खस्यो मत

जनकपुरधाम । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा ६१ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजे सकिएको छ । यसअघि मंसिर ४ गते भएको निर्वाचनमा ६३.५६ प्रतिशत मत खसेको थियो ।

बारा २ मा ४४ वडा पर्छ । यस क्षेत्रमा १ लाख ५ हजार ११ मतदाता छन् । मतदानका लागि ८२ मतदानस्थलमा १३६ मतदान केन्द्र तोकिएको थियो ।

उपनिर्वाचनमा एक हजार ६८८ नेपाल प्रहरी, ६०५ सशस्त्र प्रहरी र तीन सय नेपाली सेना परिचालन भएका थिए ।

निर्वाचन प्रभावित पार्न खोजेको भन्दै प्रहरीले देवताल गाउँपालिका ७ स्थित पीपरपाती बुथ केन्द्रबाट ६ जनालाई पक्राउ गरिएको छ । यस्तै साहै पालिकाको वडा २ बाट पनि चार जना पक्राउ परेका छन् ।

मतपेटिकामा दुईवटा मतपत्र खसाउन खोजेपछि देवताल गाउँपालिका ७ स्थित जब्दी मतदान केन्द्रबाट जसपा नेता रामसागर यादव पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर