रवि लामिछानेको नेतृत्वमा घण्टी बजाएर मतदान केन्द्रमा हुलहुज्जत भएको अन्य दलको दाबी – Nepal Press

रवि लामिछानेको नेतृत्वमा घण्टी बजाएर मतदान केन्द्रमा हुलहुज्जत भएको अन्य दलको दाबी

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका स्थानीय नेताहरुले भरतपुर १२ को मोहन माविलगायतका ठाउँमा रवि लामिछानेका समर्थकहरुले अराजकता प्रदर्शन गरेका कारण झडप भएको दाबी गरेका छन् ।

रास्वपाका उम्मेदवार रवि लामिछानेको समूह निर्वाचन आचारसंहिताविपरीत घण्टी बजाउँदै र नारा लगाउँदै मतदान केन्द्रमा प्रवेश गरेपछि विवाद भएको कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले बताए । उनले रविका समर्थकहरुले मतदान केन्द्रमा नाराबाजी गरेर मतदातालाई तर्साएको बताए ।

रवि लामिछाने, भरतपुर १२ को मोहन माविबाट नयाँ किरण मावि भोजाड जाँदा उनका समर्थकहरूले घण्टी बजार नारावाजी गरेका थिए ।

मतदानस्थलमा नारावाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरिरहँदा कांग्रेस उम्मेदवार जित नारायण श्रेष्ठ पनि भित्र थिए । रास्वपा उम्मेदवारलेकै नेतृत्वमा हुलहुज्जत भएको एमालेका प्रतिनिधि टीका सुवेदीले बताए । उनले घण्टी बजाउँदै जुल्ुस लगाएर मतदान केन्द्रमा नआउनुस् भन्दा झडपमा उत्रिएका बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर