बाबुराम भट्टराईले थाले समाजवादी ध्रुवीकरणबारे माओवादी नेताहरूसँग छलफल – Nepal Press

बाबुराम भट्टराईले थाले समाजवादी ध्रुवीकरणबारे माओवादी नेताहरूसँग छलफल

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी ध्रुवीकरणबारे छलफल थालेका छन् । माओवादी केन्द्रका कोशी प्रदेशका नेताहरुसँग आज समाजवादी ध्रुवीकरणबारे छलफल गरेका हुन् ।

विभिन्न दल समूहका अग्रगामी सोच राख्नेहरूबीच सौहार्द्रपूर्ण वैचारिक विमर्श गर्दै देशमा नयाँ राजनीतिक विकल्प निर्माणमा योगदान गर्न अध्यक्ष भट्टराईले आह्वान गरेका छन् ।

देशमा नयाँ राजनीतिक विकल्प निर्माण गर्न नसके देश अँध्यारो सुरुङमा फस्ने उनको भनाइ छ। पछिल्लो समय समाजवादी मोर्चा निर्माणको विषयमा नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एस र बाबुराम नेतृत्वको नेसपाबीच छलफल भइरहेको छ । तर, अहिलेसम्म कुनै ठोस सहमति बनाउन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर