वासिम र भृत्यको शतकमा यूएईले सिंगापुरलाई दियो ४७२ रनको विशाल लक्ष्य – Nepal Press

वासिम र भृत्यको शतकमा यूएईले सिंगापुरलाई दियो ४७२ रनको विशाल लक्ष्य

काठमाडौं । कप्तान मोहमद वासिम र शीर्ष क्रमका ब्याटर भृत्य अर्विन्दको शतकमा यूएईले सिंगापुरलाई ४ सय ७२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा अलआउट हुँदै ४ सय ७१ रनको योगफल तयार पार्यो ।

यूएईका लागि ओपरन वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनको विष्फोटक इनिङ खेलेर आउट भए । आर्यान लाक्रा १२ रनमा आउट भएपछि क्रिजमा आएका भृत्य सर्वाधिक १ सय ७४ रन बनाएर आउट भए ।

कालिमुथुको बलमा क्याचआउट हुनुअघि उनले, १ सय ३३ बल खेल्दै १७ चौका र ७ छक्का प्रहार गरे । जारि प्रतियोगितामा यो भृत्यको दोस्रो शतक हो । यसअघि, उनले आफ्नो पहिलो खेलमा कुवेतविरुद्ध शतक बनाएका थिए ।

आयान अफजल खानले बिष्फोटक अर्धशतीय इनिङ खेलेर आउट भए । उनले ५० बल खेल्दा ९ चौका र ३ छक्काको मद्दत लिँदै ७४ रन योगदान गरे । आसिफ खान ११ रनमा आउट हुँदा, सन्चित शर्मा १६ रनमा अविजित रहे ।

समूह बी अन्तर्गतको खेलमा यूएईले एकअघि दुई खेल खेल्दा एक जित र एक हारको नतिजा निकालेको छ । सेमिफाइनल पुग्न यूएईलाई बाँकी खेल जित्दै शिर्ष दुईमा पर्नु पर्ने दबाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर