जनैमा चाबी बोक्ने राष्ट्रवादले देशको हित गर्दैन : मन्त्री किराँती – Nepal Press

जनैमा चाबी बोक्ने राष्ट्रवादले देशको हित गर्दैन : मन्त्री किराँती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले जनैमा चाबी भिर्ने राष्ट्रवादले देशको हित नगर्ने बताएका छन् ।

नेपाल पर्वतीय प्रतिष्ठानले मन्त्रलयमा आयोजना गरेको माउन्टेन एण्ड माउन्टेरिङ साइन्सको अध्यापन प्रारम्भ कार्यक्रममामन्त्री किराँतीले देशको नीति झनझटिलो रहेको बताए ।

जनतामा आम निराशा छाएको छ तथा खोक्रो र उग्र राष्ट्रवादले मात्रै देशको आर्थिक उन्नति नहुने किराँतीको छ । देशमा गणतन्त्र आएपनि संस्थागत हुन नसक्दा पुरानै कानूनलाई टेकेर घिस्रिनु पर्ने बाध्यता रहेको छ ।

अबकोे नीतिमा कुनै अल्झन हुनुहुँदैन आम नागरिकले फटाफट नतिजा खोजेका छन् तर पुराना नीतिले जनतालाई राहतभन्दा सास्ती दिइरहेको मन्त्री किराँतीको धारण रहेको थियो ।

 

प्रतिक्रिया

One thought on “जनैमा चाबी बोक्ने राष्ट्रवादले देशको हित गर्दैन : मन्त्री किराँती

  1. के भन्या हाे याे ” जनैमा भावि बाेक्ने” ??? संस्कृति मन्त्री जस्ताे मान्छेले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर