मदिरा व्यवसायी महासंघको अध्यक्ष उम्मेदवार महर्जनले गरे महाधिवेशन बहिस्कार – Nepal Press

मदिरा व्यवसायी महासंघको अध्यक्ष उम्मेदवार महर्जनले गरे महाधिवेशन बहिस्कार

काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघको अध्यक्ष पदका उम्मेदवार मुकुन्द महर्जनले १७ औं महाधिवेशन बहिस्कार गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महर्जनले महासंघ विधानभन्दा बाहिर गएर सदस्यतालगायत आर्थिक अनियमितता गरेको भन्दै महाधिवेशन बहिस्कार गरेको घोषणा गरेका हुन् ।

उनले मदिरा व्यवसायीहरुको हकहितमा काम गर्न नसकेको भन्दै महाधिवेशन बहिस्कार गरेको बताए । उनले महासंघको सदस्य बन्न अनिर्वाय रुपमा मदिरा व्यवसायी हुनुपर्ने प्रवधान भए पनि विधानविपरीत धेरै गैरव्यवसायीहरुलाई प्रतिनिधि बनाएको आरोप लगाए । उनले महासंघ विधानबमोजिम चल्नुपर्ने तर विधानअनुसार चल्न नसकेको बताए ।

उनले महासंघ संस्थागत निर्णयभन्दा विपरीत, एकलाैटी र मनोमानी रुपमा चलेको पनि बताए । उनले महासंघको महाधिवेशन ३ वर्षमा गर्नुपर्ने भन्दा पनि  झारा टार्ने गरी ४ वर्षसम्म नगरेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *