प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामुको फिल्म १० गतेदेखि प्रदर्शन हुँदै – Nepal Press

प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामुको फिल्म १० गतेदेखि प्रदर्शन हुँदै

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने प्रथम महिला तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको आरोहण बारेको चलचित्र ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ वैशाख १० गतेदेखि हलमा प्रदर्शनी हुने भएको छ ।

आगामी बैशाख १० गतेबाट देशभरका क्युएफएक्सका हलहरुमा पासाङ देखाइने पासाङ ल्हामु फाउन्डेसनले जानकारी दिएको छ ।
बुधबार सभामुख देवराज घिमिरेको आतिथ्यतामा काठमाडौंको क्युएफएक्स हलमा फिल्मको प्रिमियर सो भएको थियो ।

फाउन्डेसन अध्यक्ष दावा फुटीका अनुसार फिल्म दुई दशकको मेहेतनले तयारी भएको हो । सन २०२२ को मार्चमा सान्ता बाबा अन्तरास्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा रिलिज भएको थियो भने अहिलेसम्म ३० फिल्म फेस्टिबलहरुमा प्रदर्शन भइसकेको छ । ३० औँ पासाङ ल्हामु दिवसको अवसरमा फिल्म रिलिज हुन लागेको हो ।

क्युएफएक्सका हलहरुमा मात्रै नभएर लुक्ला देखि नाम्चे लगायतका कोशी प्रदेश तथा मधेश प्रदेशसहित देशभरका मुख्य शहरहरुमा फिल्म देखाइने भएको छ ।

न्यान्सी स्भेन्डसन निर्माता तथा निर्देशक रहेको फिल्मको बुधबारको प्रिमियरमा न्यान्सी उपस्थित थिइन् । उनले पासाङको फिल्म बनाउनुमा धेरै आनन्द आएको प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *