मतदाता प्रभावित पार्न आमाहरुलाई दोसल्ला – Nepal Press

मतदाता प्रभावित पार्न आमाहरुलाई दोसल्ला

दमौली । वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईले मतदाता प्रभावित पार्न व्यास-३ का आमाहरुलाई सम्मान गरेका छन् । मातातीर्थ औसीको अवसरमा बिहीबार भट्टराईले उक्त वडाका ज्येष्ठ महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

निर्वाचन आचारसंहिता विपरित कार्यक्रमको आयोजना गरी सम्मान भन्दै मतदाता प्रभावित गर्न खोजिएको हो ।

उक्त कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य शंकर भण्डारी लगायतको सहभागिता थियो ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले निर्वाचन आचारसंहिता लागु भएकाले त्यस्ता कार्य आचारसंहिता विपरित भएको बताए । ‘त्यस्तो काम गर्न पाइँदैन, उहॉहरुलाई नगर्नुस् भनेर भनिसकेका छौं,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर