संसद राजसंस्थाको पैरवी गर्ने थलो होइन : लेखनाथ दाहाल (भिडिओ) – Nepal Press

संसद राजसंस्थाको पैरवी गर्ने थलो होइन : लेखनाथ दाहाल (भिडिओ)

'संसदमा बाेलिएका कुराहरु अमर्यादित छन्, अशिष्ट छन्, अराजक छन्'

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै त्यस्तो संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद नभएको जिकिर गरेका हुन् ।

उनले संसदमा अमर्यादित, अशिष्ट र अराजक वहसहरू हुने गरेको भन्दै संविधानको जगमा उभिएर बहस गर्न सांसदहरूको ध्यानाकर्षण गराए ।

दहालले भने, ‘यो सदनमा अहिलेसम्म उठान भएका विषय अमर्यादित छन्, अशिष्ट छन्, अराजक छन् । कमसेकम संविधानको जगमा उभिएर हामीले बहस संसद विज्ञापन एजेन्सी संस्था होइन, कहीँ विज्ञापन गर्न पाइदैन । कोही हराएको विज्ञापन गर्ने कुरा, कोही पछाडि फर्किएर प्रतिगामी कोणबाट २४० वर्षसम्म जनतालाई प्रताडित गर्ने संस्थाहरूको जबर्जस्ती पैरवी गर्ने थलोको रूपमा पनि संसदलाई जनताले पत्याउँदैनन् र मान्दैनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर