भक्तपुरमा सहकारीका निर्देशकलाई कालोमोसो दलेर दुर्व्यवहार, ५ जना पक्राउ (भिडिओ) – Nepal Press

भक्तपुरमा सहकारीका निर्देशकलाई कालोमोसो दलेर दुर्व्यवहार, ५ जना पक्राउ (भिडिओ)

काठमाडौं । भक्तपुरको ठिमीस्थित एक सहकारीका प्रबन्ध निर्देशकमाथि केही वचतकर्ताले कालोमसो दलेर दुर्व्यवहारसहित हातपात गरेका छन् ।

मंगलबार दिउँसो १ बजेतिर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित रामबहादुर मानन्धरको घरमा रहेको कृषि विकास तथा ऋण सहकारी संस्थामा केही वचतकर्ता आएर प्रबन्ध निर्देशक समिर खत्रीलाई कालोमोसो दली जुत्ताको मालासमेत लगाएर कुटपिट गरिएको प्रहरीले बताएको छ ।

कुटपिट तथा दुर्व्यवहारमा संलग्न आरोपमा प्रहरीले ठिमी नगरपालिका- ७ धुन्चेपाखाका मुरारी नेपाल, ओखलढुंङगा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने प्रेमकुमारी तामाङ, झापा घर भई हाल गठ्ठाघर बस्ने कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका- ९ बोडे बस्ने गोरखबहादुर गिरी, ओखलढुङगा लिखु- ४ घर भई हाल कौशलटार बस्ने पवित्रा तामाङलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *