कोशी प्रदेश सरकार गठनको सय दिन : नामकरण महत्वपूर्ण उपलब्धि (पूर्णपाठ) – Nepal Press

कोशी प्रदेश सरकार गठनको सय दिन : नामकरण महत्वपूर्ण उपलब्धि (पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारले सय दिनको काम सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरी सरकारले सय दिनमा गरेको महत्वपूर्ण उपलब्धि सार्वजनिक गरेको हो ।

प्रदेश सरकार गठन भएपछि प्रदेशको नामकरण भएको भन्दै यसलाई महत्वपूर्ण उपलब्धि मानेको छ । सरकार गठन भएपछि फागुन १७ गते प्रदेशको नाम कोशी राखिएको थियो ।

कोशी प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउनुलाई महत्वपूर्ण उपलब्धि मानेको छ । हिक्मत कार्की नेतृत्वको सरकारले प्रदेशमा रहेका १३ वटा मन्त्रालयलाई घटाएर ९ वटामा झारेको छ ।

कोशी प्रदेश सरकारले सरकारको प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्च स्तरीय प्रशासन सुधार कार्यदल गठनलाई समेत आफूले गरेको महत्त्वपूर्ण काम भएको दाबी गरेको छ ।

प्रदेश सरकारले प्रदेश समन्वय परिषद् गठन गरेको विषयलाई पनि उपलब्धिको रूपमा मानेको छ । केही दिन अघि मुख्यमन्त्री कार्कीले प्रदेश समन्वय परिषद् गठन गरेका थिए । समन्वय परिषद्को पहिलो बैठक समेत सम्पन्न भएको छ ।

यसैगरी सरकार बनेपछि ३ वटा विधेयक र ३ वटा नियमावली प्रदेश सभामा पेस गर्न प्रदेश सरकारले स्वीकृत गरेको छ । यो अवधिमा २ वटा कार्यविधि पनि स्वीकृत भएको छ । सय दिनको अवधिमा १ वटा निर्देशिका स्वीकृत भएको छ ।

यस्तो छ पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर