मलेसियाविरुद्ध कुशलले पनि बनाए अर्धशतक – Nepal Press

मलेसियाविरुद्ध कुशलले पनि बनाए अर्धशतक

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को जारी खेलमा मलेसियाविद्ध नेपालका लागि कुशल मल्ले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले लिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालका लागि पाँचौं नम्बरमा क्रिजमा उत्रिएका कुशलले २८ बलमा तीन चौका र दुई छक्काको मद्दतमा अर्धशतक बनाए ।

उनले भिम सार्कीसँग ९२ रनको साझेदारी गर्दै खेलिरहेका छन् । यसअघि, नेपालका लागि भिम सार्कीले अर्धशतक पुरा गरेका थिए । अब नेपाललाई जितका लागि १७.१ ओभरमा २५ रनको अवस्यकता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर