नेपाललाई पाँचौ सफलता, सोमपालले लिए साइद अजिजको विकेट – Nepal Press

नेपाललाई पाँचौ सफलता, सोमपालले लिए साइद अजिजको विकेट

काठमाडौं । जारी एसीसी प्रिमियर कपअन्तर्गतको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले पाँचौ सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपालका लागि सोमपालले मलेसियाका साइद अजिजलाई रोहित पौडेलबाट क्याच आउट गराउँदै नेपाललाई पाँचौ सफलता दिलाए ।

खेलको ५.५ ओभरमा गुलसन झाले ओपनर मोहमद अमिरलाई आउट गरेपछि नेपाल २७ ओभर विकेटविहीन भएको थियो । ३३.२ ओभरमा सन्दीप लामिछानेले शतकीय साझेदारि दोड्दै मलेसियाका कप्तान अहमद फैजको विकेट लिएपछि नेपाल खेलमा फर्किएको थियो । त्यसपछि ३७.१ ओभरमा विरन्दीपसिंहलाई ललित राजवंशीले आउट गराउँदा नेपालले तेस्रो सफलता पायो ।

३९.१ ओभरमा चौथो विकेट गुमाएको मलेसियाले ४०.४ ओभरमा पाँचौं विकट पनि गुमायो । मलेसियाले ४२.३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर