कर्णाली प्रदेश सभाको बैठक स्थगित – Nepal Press

कर्णाली प्रदेश सभाको बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

आजै दिउँसो १ बजे प्रदेश सभामा बसेको सर्वदलीय वैठकमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले सदन सार्ने प्रस्ताव पेश गरेका थिए ।

आइतबार नेकपा माओवादी र नेपाली कांग्रेसबीच सत्ता सहकार्यका बारेमा आधिकारिक निर्णय भएसँगै मन्त्री छान्ने तयारी गर्नका लागि सदन सारेको कर्णाली प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

बिहीबार ७ गते दिउँसो ३ बजे बस्ने गरेर सदन स्थगित गरिएको छ । यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वास मत लिखेपनि सम्भावना रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर