मिटरब्याजीपीडित र प्रहरीबीच झडप, पीडित भन्छन्- प्रहरीले दमन गर्‍यो (भिडिओ) – Nepal Press

मिटरब्याजीपीडित र प्रहरीबीच झडप, पीडित भन्छन्- प्रहरीले दमन गर्‍यो (भिडिओ)

काठमाडौं । मिटरब्याजीपीडित र नेपाल प्रहरीबीच झडप भएको छ । सोमबार रत्नपार्कस्थित शान्ति बाटिकामा पीडितहरुले प्रदर्शन गर्ने क्रममा शान्तिबाटिकाबाट बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र पहरीबीच झडप भएको हो ।

प्रदर्शनमा निस्किएकामध्ये ३० जना मिटरब्याजीपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याजीपीडित एक सदस्यले बताए । उनले शान्तिपूर्ण रुपमा आफूहरुले प्रदर्शन गर्न लागेपनि पमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झण्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको बताए ।

उनले प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको आरोप लगाए । उनले आफ्ना साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाउँदै आफ्नो माग पूरा नभएसम्म आन्दोलन गरीराख्ने बताए ।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याजीपीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्ति बाटिकामा नै प्रहरी र मिटरब्याजी पीडितबीच झडप भएको हो ।

प्रहरीले मिटरब्याजी पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको प्रहार समेत गरेको प्रदर्शनकारीले बताए । सरकारले मिटरब्याज पीडितको एक समूहसँग चैत १८ गते ५ बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याजी पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याजी पीडितको अर्को समूहले आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *